

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा पहिलो सम्बोधन गरिरहेकै समयमा मन्त्रीहरूको एक दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सम्बोधनको प्रसारण भइरहेका बेला सञ्चारमन्त्री जगदीश खरेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको काँधमा हात राखेर गृहमन्त्री ओमप्रकाश अर्यालसँग कुरा गरिरहेको तस्वीर सार्वजनिक भएको हो ।
सो दृश्यप्रति धेरैले टिप्पणी गर्दै मन्त्री खरेलको शैली अशोभनीय भएको बताएका छन् । कतिपयले प्रधानमन्त्री राष्ट्रलाई सम्बोधन गरिरहेको संवेदनशील क्षणमा मन्त्रीहरूले यस्तो व्यवहार गर्नु अनुचित भएको जनाएका छन् ।
तर केहीले यसलाई सामान्य संवादको हिस्सा मात्रै भएको भन्दै अनावश्यक विवाद नफैलाउन आग्रह गरेका छन् ।
सम्बोधनको मुख्य विषय निर्वाचन र सुशासन भए पनि त्यसैबीच खिचिएको यो दृश्य अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा भइरहेको छ ।





Write your Comment