

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेटेर वर्तमान सरकार जनताको बलिदानको आधारमा बनेको बताएका छन् ।
घाइतेलाई भेट्ने क्रममा उनले भने, “यो सरकार तपाईंहरूले बगाएको रगतले बनेको हो । देश पनि अहिले बिरामी छ, तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो ।”
मन्त्री खरेलले आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्यलाभको कामना गर्दै सरकार जनताको पीडाप्रति संवेदनशील रहने आश्वासन दिएका छन् । उनले परिवर्तनका लागि दिएको बलिदानलाई इतिहासले कहिल्यै बिर्सन नसक्ने समेत बताए ।





Write your Comment