

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सेवाग्राहीसँग अनावश्यक झन्झट, घुस माग्ने वा रुखो व्यवहार गर्ने कर्मचारीविरुद्ध कडा चेतावनी दिएका छन् ।
सिंहदरबारमा आयोजित कार्यक्रममा उनले भने, “कर्मचारीले घुस मागे वा रुखो व्यवहार गरे तत्काल उजुरी दिनुहोस्, कारबाही पक्का हुन्छ ।”
उनले सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै अब ढिलासुस्ती, मोलमोलाइ वा अपमानजनक व्यवहार सह्य नहुने स्पष्ट गरे ।
मन्त्री घिसिङले स्वच्छ प्रशासन र सुशासन स्थापनाका लागि नागरिकको सक्रिय भूमिका पनि महत्त्वपूर्ण हुने उल्लेख गर्दै सार्वजनिक सेवामा सुधारको अभियानलाई निरन्तर अघि बढाउने प्रतिवद्धता जनाए ।





Write your Comment