रोकिएका सबै अनुसन्धान अघि बढिसके : गृहमन्त्री अर्याल

रातोघर

 २०८२ आश्विन १०, शुक्रबार  मा प्रकाशित
२४६ पाठक संख्या


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक प्रभावका आधारमा रोकिएका सबै अनुसन्धान प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार भेटघाटमा उनले अतीतमा राजनीतिक कारणले रोकिएका मुद्दाहरू अब निष्पक्ष रूपमा अघि बढ्ने बताएका हुन् ।

गृहमन्त्रीको भनाइपछि नागरिकले नक्कली भुटानी शरणार्थी प्रकरण, टिकापुर जग्गा प्रकरण, बालमन्दिर जग्गा प्रकरण, वाइडबडी जहाज खरिद, केन्टोन्मेन्ट, गिरिबन्धु टि स्टेट, विभिन्न सहकारी घोटाला र पोखरा विमानस्थलजस्ता चर्चित र विवादित मुद्दाहरू खुल्ने अपेक्षा गरेका छन् ।

अर्यालले सरकार सुशासन र कानूनी राज्यप्रति प्रतिबद्ध रहेको स्पष्ट गर्दै कुनै पनि शक्तिको दबाब वा प्रभावमा अनुसन्धान नअड्किने पुनः दोहोर्याए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban