

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक भएका छन् । सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णयहरूको जानकारी दिएका हुन् ।
बैठकले राज्यकोषको लगानी रहेका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्न गठित पूर्वसचिव रामुप्रसाद डोटेल संयोजकत्वको सुझाव कार्यदलको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ ।
त्यस्तै नेपाली सेनातर्फ २ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने, ९ जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र ३ जना सहायक रथीको सरुवा गर्ने निर्णय भएको छ ।
साथै नेपाल विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी सूचना प्रविधि सेवाका सचिव रामगोविन्द अर्याल र रमेश शर्माको राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।





Write your Comment