दसैंको उमंग हराएको भाटभटेनीका मालिक गुरुङको भनाइ : ‘मन भारी छ, यो वर्ष उत्सव भएन’

रातोघर

 २०८२ आश्विन १३, सोमबार  मा प्रकाशित
२६५ पाठक संख्या


काठमाडौँ । भाटभटेनी सुपरमार्केटका संस्थापक तथा अध्यक्ष मिन बहादुर गुरुङले यस वर्षको दसैं पर्व सामान्य उत्सवका रूपमा मनाउन नसकेको भाव व्यक्त गरेका छन्। दैनिक झण्डै १८ घन्टा काममा खटिँदै आएका गुरुङले मनस्थिति भारी रहेको बताए।

उनी भन्छन्, “यो वर्ष दसैंको उत्सव भएन, मन भारी छ।” उनले पछिल्ला आर्थिक, सामाजिक तथा व्यवसायिक चुनौतीहरूले चाडपर्वको खुसीमा असर पारेको संकेत गरे।

गुरुङ नेपालकै ठूला उद्यमीमध्ये एक हुन्। उनले दशकौँदेखि खुद्रा व्यापार क्षेत्रमा निरन्तरता दिँदै भाटभटेनीलाई देशभर विस्तार गरेका छन्। तर पछिल्लो अवस्थाले उत्साह र चाडपर्वको उमंग मन्द भएको उनले उल्लेख गरे।

उनको भनाइले व्यापारिक वातावरण, जनजीवन र पर्वीय संस्कृतिमा आएको मनोवैज्ञानिक प्रभावको समेत संकेत गरेको विश्लेषण गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban