अख्तियार नेतृत्वको राजीनामा माग्दै जेन–जी मुभमेन्टको दबाब, ‘खुला प्रतिस्पर्धाबाट नयाँ नियुक्ति होस्’

रातोघर

 २०८२ आश्विन २१, मंगलबार  मा प्रकाशित
१८० पाठक संख्या


काठमाडौं । जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको राजीनामा माग गर्दै सरकारलाई दबाब दिन थालेको छ।

आन्दोलनकारी युवाहरूले २०८२ भदौ २३ गतेदेखि सुरु गरिएको आन्दोलनको उद्देश्य देशमा व्याप्त भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्ने रहेको बताए। उनीहरूले भनेका छन्, “अख्तियारका नेतृत्वकर्ताको नियुक्ति निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाबिना भएकाले आयोगको विश्वसनीयता गुमेको छ।”

संसदीय सुनुवाइबिनै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको नियुक्तिले आयोगको स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठाएको जेन–जी मुभमेन्टको आरोप छ। उनीहरूले अख्तियारमा नयाँ नेतृत्व खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त गर्न माग गरेका छन्।

अनौपचारिक माध्यमबाट गरिएको राजीनामा माग पूरा नभए मंगलबार अख्तियार कार्यालयमा औपचारिक निवेदन दर्ता गर्ने र आवश्यक परे थप आन्दोलन कार्यक्रम घोषणा गर्ने चेतावनी पनि जेन–जीहरूले दिएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban