विराटनगर । अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले राहत दिने घोषणा गरेको छ।
कोशी प्रदेश सरकारले प्रत्येक मृतकका परिवारलाई तत्काल १ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने र प्रभावित घरहरूको मर्मतसम्भारमा सहयोग गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका अनुसार बाढी र पहिरोका कारण दर्जनौँ घरधुरी विस्थापित भएका छन् भने सडक, पुल र बन्धाजस्ता पूर्वाधारहरूमा समेत ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य तीव्र गतिमा भइरहेको प्रदेश सरकारको भनाइ छ।
मुख्यमन्त्री कार्यालयले स्थानीय तह र सुरक्षा निकायलाई समन्वय गरी पीडितहरूलाई अस्थायी आवास, खाद्यान्न र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न निर्देशन दिएको छ।








Write your Comment