मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

रातोघर

 २०८२ आश्विन २१, मंगलबार  मा प्रकाशित
२६३ पाठक संख्या


पोखरा । कास्की प्रहरीले गण्डकी प्रदेशको मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएको मुख्यमन्त्री निवासमा असोज १२ गते दोस्रो पटक पुनः आगजनी भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा रुपन्देही घर भई पोखरामा बस्ने २२ वर्षीय संजोक थापा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार थापाले मुख्यमन्त्री निवासमा आगजनी गर्नुका साथै राष्ट्र बैंकको कम्पाउण्ड नजिकै रहेको एनआइएमबी बैंकको एटिएम मेसिन ढुङ्गा प्रहार गरी तोडफोड समेत गरेको आरोप छ।

प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban