काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) ले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी देशको हालको असुरक्षाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
भेटका क्रममा आईजीपीले प्रहरीका बर्दी र ह’तिया’र लु’टि’एको र ती प्रयोग गर्न सक्ने अ’पराधीहरू जेलबाट भागेका तथ्य प्रस्तुत गर्दै चेतावनी दिएका छन्। उनले भने, “यदि ती अ’पराधीहरूले प्रहरीको भेषमा प्रदर्शनका क्रममा गो’ली चलाए भने, कसले चलायो भनेर छुट्याउन कठिन हुन्छ।”
त्यस कारण आईजीपीले गृहमन्त्रीलाई आन्दोलन रोक्न जेन–जी आन्दोलनका नेताहरूसँग संवाद गरी शान्तिपूर्ण समाधानको पहल गर्न सुझाव दिएका छन्।
तर गृहमन्त्री अर्यालले भने २३ गतेको आन्दोलनमा दमनका लागि जिम्मेवारहरूविरुद्ध कारबाही नहुँदासम्म जेन–जी आन्दोलनको आक्रोश थाम्न नसकिने बताएका छन्।
उनका अनुसार गृह मन्त्रालयले चाडबाडसम्मका लागि ह’तिया’र फिर्ता गर्न समय थपे पनि अहिलेसम्म एकातासमेत फिर्ता हुन सकेको छैन। “यदि यी ह’तिया’र वास्तविक जेन–जी आन्दोलनकारीले लगेका भए, अबसम्म फिर्ता भइसकेको हुन्थ्यो,” उनले भने।
गृहमन्त्रीले अन्त्यमा भने, “अब ह’तिया’र फिर्ता नभएकाले कानुनी कारबाही अघि बढाउने तयारी गर्नुपर्ने अवस्था आएको छ।”








Write your Comment