

इलाम । नेकपा (एमाले) का नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण इलाममा भएको बाढी–पहिरोबाट व्यापक क्षति भएको भन्दै जिल्लालाई तत्काल संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्।
नेता नेम्वाङले मन्त्रीहरू र विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीहरूसँग भेट गरी पहिरोपीडितका लागि एकमुष्ट राहत प्याकेज ल्याउन आग्रह गरेका छन्। उनका अनुसार इलामका ग्रामीण बस्तीहरूमा सडक, पुल र बालीमा ठूलो क्षति पुगेको छ भने धेरै परिवार विस्थापित भएका छन्।
उनले सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न पनि सरकारलाई अनुरोध गर्दै भनेका छन्, “पहिरोले सडक अवरुद्ध हुँदा हवाई मार्ग नै अहिले इलामका बासिन्दाका लागि जीवनरेखा बनेको छ।”
नेम्वाङले केन्द्र र प्रदेश सरकार दुवैलाई राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणमा तत्काल कदम चाल्न आग्रह गरेका छन्।





Write your Comment