“बालेनले देशलाई धोका दिन सक्दैन” — पोखरा मेयर उम्मेदवार गणेश पौडेल

रातोघर

 २०८२ आश्विन २२, बुधबार  मा प्रकाशित
२५७ पाठक संख्या


काठमाडौं । मेयर बालेन शाहसँगै २०७९ सालको स्थानीय तह निर्वाचनमा एउटै चुनाव चिन्ह लौरो लिएर पोखरा महानगरपालिकाबाट मेयर पदमा उम्मेदवारी दिएका गणेश पौडेलले सामाजिक सञ्जालमार्फत बालेनप्रति आफ्नो दृढ विश्वास प्रकट गरेका छन्।

पौडेलले लेखेका छन्, “बालेनलाई मैले स्वभाव, विचार, ज्ञान र चरित्रले नजिकबाट चिनेको छु। ऊ असल छोरा, बाबु, पति, मित्र र सच्चा नेपाली हो। म उसले भ्रष्टाचार गर्छ, मातृभूमिलाई धोका दिन्छ वा विदेशीका लागि काम गर्छ भनेर कहिल्यै विश्वास गर्न सक्दिनँ।”

उनका अनुसार बालेन निर्दोष र परिपूर्ण नभए पनि गलत बाटो नअपनाउने नेता हुन्। पौडेलले थप लेखेका छन्, “ऊ सम्पूर्ण सही हो भन्दिनँ, गल्ती पनि गर्छ तर सुधार्छ। गल्ती र अपराध फरक कुरा हुन्। केही बौद्धिकहरूको आरोपले उसको देशभक्ति कमजोर हुँदैन। बालेनले देशलाई धोका दिन सक्दैन — यो मेरो अमर्ख विश्वास हो।”

हाल बालेन शाहबारे सामाजिक र राजनीतिक वृत्तमा भइरहेको बहसबीच पौडेलको समर्थनले पुनः सार्वजनिक चासो खिचेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban