जेनजी आन्दोलनपछि देउवाको सम्मानजनक राजीनामाको तयारी, महाधिवेशनतर्फ कांग्रेस

रातोघर

 २०८२ आश्विन २२, बुधबार  मा प्रकाशित
१६४ पाठक संख्या


काठमाडौं । जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वबाट सम्मानजनक राजीनामाको तयारी गरेका छन्। भदौ २४ गते आन्दोलनका क्रममा आक्रमणमा परेका देउवा अहिले पार्टीभित्र बढ्दो दबाबपछि आवधिक महाधिवेशनको तयारीमा जुटेका छन्।

पार्टी स्रोतका अनुसार देउवामाथि करिब ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर सहित नेतृत्व परिवर्तनको दबाब परेको छ। सोही दबाबपछि उनले नजिकका नेताहरूसँग परामर्श थालेका छन्।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समेत देउवाको उक्त कदमप्रति सकारात्मक रहेको बताइएको छ। उनीहरूले पार्टीलाई आन्तरिक लोकतान्त्रिक प्रक्रियाबाट अघि बढाउन देउवाको निर्णयलाई “सकारात्मक संक्रमण” का रूपमा लिएका छन्।

देउवाले आगामी महाधिवेशनपछि सभापति पदमा पुनः दाबी नगर्ने र नेतृत्व हस्तान्तरण गर्न तयार रहेको निकट सूत्रले जनाएको छ।

कांग्रेस नेतृत्वको यो तयारीले पार्टीभित्र नयाँ पुस्ता र संगठन पुनःसंरचनाबारेको बहस थप चर्किएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban