ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा पुग्यो रु. २ लाख ३८ हजार

रातोघर

 २०८२ आश्विन २२, बुधबार  मा प्रकाशित
३०१ पाठक संख्या


काठमाडौं । नेपाली बजारमा आज पुनः सुनको मूल्य उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुनको मूल्य तोलामा रु. २,३८,००० कायम भएको छ।

मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा रु. २,००० ले वृद्धि भएको हो। त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा रु. २,३७,३०० रहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर हुनु, मध्यपूर्वीय तनाव र लगानीकर्ताको बढ्दो आकर्षणका कारण सुनको मूल्य लगातार उक्लिरहेको बताइन्छ।

यससँगै चाँदीको मूल्य पनि तोलामा रु. २,८६० पुगेको छ। सुनको मूल्यले ऐतिहासिक उचाइ छुने क्रममा उपभोक्ता र व्यवसायी दुबै सावधान भएर कारोबार गर्न महासंघले आग्रह गरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban