मन्त्री घिसिङको निर्देशन : बीपी राजमार्गको क्षतिग्रस्त सडक छिट्टै सञ्चालनमा ल्याउन आदेश

रातोघर

 २०८२ आश्विन २३, बिहिबार  मा प्रकाशित
२२१ पाठक संख्या


सिन्धुली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बाढी–पहिरोले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको चौकीडाँडा खण्डको स्थलगत निरीक्षण गरेका छन्। उनले सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएकाले तत्काल वैकल्पिक व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

निरीक्षणका क्रममा मन्त्री घिसिङले करिब ४ किलोमिटर सडक क्षेत्रमा अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन छिट्टै सुरु गर्न सम्बन्धित निकायलाई आदेश दिएका छन्। उनले भने, “राजमार्ग देशको मुख्य यातायात नाडी हो, त्यसैले क्षतिग्रस्त सडकलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता छ।”

मन्त्रीले स्थानीय प्रशासन, सडक विभागका प्राविधिक र ठेकेदार कम्पनीका प्रतिनिधिसँग समन्वय गरेर मर्मत तथा पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढाउन निर्देशनसमेत दिएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban