जेनजी आन्दोलन : माइतीघर मण्डलामा डा. निकोलस भुसालसहित ३ जना पक्राउ

रातोघर

 २०८२ आश्विन २३, बिहिबार  मा प्रकाशित
१७४ पाठक संख्या


काठमाडौं । माइतीघर मण्डलामा जेनजी आन्दोलनको क्रममा प्रदर्शन गर्न गएका डा. निकोलस भुसालसहित ३ जना पक्राउ परेका छन्। उनीहरू जेनजीका माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका थिए।

प्रहरीले माइतीघर परिसरमा बाक्लो परिचालन गरेको छ र कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन। जेनजी आन्दोलनको एक महिना पूरा भए पनि केही माग सम्बोधन नभएको भन्दै उनका समूहले प्रदर्शन आयोजना गरेको थियो।

यसअघि काठमाडौं जिल्ला प्रशासनले कुनै पनि धर्ना, जुलुस र प्रदर्शन नगर्न चेतावनी जारी गरेको थियो। सोही बमोजिम माइतीघर मण्डलामा समेत कसैलाई हुल बाँधेर उभिन दिइएको छैन।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban