संसद भवन परिसरभित्र जेनजी आन्दोलनका क्रममा आगजनी गरिएका सवारीसाधनको थुप्रो

रातोघर

 २०८२ आश्विन २४, शुक्रबार  मा प्रकाशित
१७५ पाठक संख्या


काठमाडौं । संसद भवनको परिसरभित्र जेनजी आन्दोलनका क्रममा आगजनी गरिएका सवारीसाधनको थुप्रो देखिएको छ । आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले तोडफोडपछि आगो लगाएका ती सवारीसाधनहरू हाल पनि भवन परिसरभित्रै जलिएका अवस्थामै रहेका छन् ।

स्रोतका अनुसार, आन्दोलन तीव्र भएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरे पनि भीड नियन्त्रण गर्न नसक्दा केही सरकारी र निजी सवारीसाधनमा आगजनी भएको थियो । त्यसपछि जलेका ती सवारीसाधनहरू हालसम्म हटाइएको छैन ।

संसद भवन नजिकैको सुरक्षा व्यवस्था अझै कडा पारिएको छ । प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई त्यहाँ तैनाथ गरिएको छ ।

जेनजी आन्दोलनले हाल देशभर तनावपूर्ण स्थिति सिर्जना गरेको छ भने काठमाडौंमा यसको प्रभाव अझै देखिइरहेको छ । आन्दोलनका क्रममा क्षतिको यथार्थ विवरण संकलन गर्ने काम जारी रहेको बताइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban