इलाममा सुहाङ नेम्बाङको आग्रह : “संकटग्रस्त क्षेत्रको पुनर्निर्माणमा सबैले एकजुट हुनुपर्छ”

रातोघर

 २०८२ आश्विन २४, शुक्रबार  मा प्रकाशित
२४५ पाठक संख्या


इलाम । नेकपा (एमाले) नेता सुहाङ नेम्बाङले बाढी–पहिरोले प्रभावित इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै पुनर्निर्माण र पुनस्थापना कार्यमा सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।

इलाम पुगेर प्रभावित क्षेत्रको अवलोकनका क्रममा उनले भने, “हामीले अबका केही महिना संकटग्रस्त क्षेत्रको पुनर्निर्माण र पुनस्थापना कार्यमा सघन प्रयास गर्नुपर्नेछ। सबै पक्षलाई समेटेर समन्वय र एकता आवश्यक छ। यो कठिन घडीलाई अवसरमा बदल्नका लागि हामी सबैले मिलेर काम गर्नुपर्नेछ।”

नेता नेम्बाङले पीडित परिवारका लागि तत्काल राहत र दीर्घकालीन पुनर्स्थापनाका कार्यक्रम आवश्यक रहेको उल्लेख गरे । उनले सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन र प्रभावित जिल्लाका लागि विशेष राहत प्याकेज ल्याउन पनि सरकारसँग माग गरे ।

इलाममा हालैको वर्षात्का कारण व्यापक जनधनको क्षति भएको छ भने स्थानीयबासी अझै पनि अस्थायी बासस्थानमा बस्दै आएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban