राष्ट्रपति पौडेलद्वारा आज दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान

रातोघर

 २०८२ आश्विन २४, शुक्रबार  मा प्रकाशित
२२८ पाठक संख्या


 काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । चुनावको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा सरकार र राजनीतिक दलबीच आवश्यक संवाद हुन नसकेको देखिँदा राष्ट्रपतिले पहलस्वरूप बैठक आह्वान गरेका हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहित प्रतिनिधित्व गर्ने सबै प्रमुख राजनीतिक दलहरूलाई राष्ट्रपति भवनमा हुने बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

यसअघि हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो । भेटका क्रममा राष्ट्रपति पौडेलले आसन्न निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकारलाई सक्रिय भूमिका खेल्न सुझाव दिएको स्रोतले जनाएको छ ।

जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले तयारी अगाडि बढाइरहेको र सरकारले पनि आवश्यक पूर्वाधार र व्यवस्थापनमा लागिपरेको जानकारी राष्ट्रपतिलाई दिएको बताइएको छ ।

आजको सर्वदलीय बैठकले निर्वाचन पूर्वको राजनीतिक सहमति र विश्वास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban