पाकिस्तानमा विरोध प्रदर्शन चर्किएपछि इस्लामाबाद जाने सडक र मोबाइल इन्टरनेट बन्द

रातोघर

 २०८२ आश्विन २४, शुक्रबार  मा प्रकाशित
२३४ पाठक संख्या


काठमाडौं । पाकिस्तानमा धार्मिक तथा राजनीतिक दल तहरीक-ए-लब्बैक (टीएलपी) ले आह्वान गरेको विरोध प्रदर्शनका कारण राजधानी इस्लामाबादतर्फ जाने सबै सडकहरू बन्द गरिएको छ । सुरक्षासम्बन्धी सतर्कता स्वरूप सरकारले मोबाइल इन्टरनेट सेवा पनि अवरुद्ध गरेको छ ।

बीबीसी उर्दूका अनुसार टीएलपीको घोषणापछि गृहमन्त्री मोहसिन नक्वीले इस्लामाबाद र रावलपिंडी क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गर्ने निर्णय लिएका हुन् ।

यसअघि बिहीबार रावलपिंडी जिल्ला प्रशासनले अक्टोबर ११ सम्मका लागि धारा १४४ लागू गर्दै सभा–जुलुसमा प्रतिबन्ध लगाएको थियो ।

उक्त विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन संघीय प्रहरी र इस्लामाबाद प्रशासनले राजधानीका सबै प्रवेश नाकाहरू अवरुद्ध गरेका छन् । परिस्थिति तनावपूर्ण रहेको र सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban