हैजा विरुद्धको खोप अभियान प्रारम्भ, १ वर्ष भन्दा माथिका सबैलाई सहभागी हुन आग्रह

रातोघर

 २०८२ आश्विन २७, सोमबार  मा प्रकाशित
२०७ पाठक संख्या


राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हैजा रोग विरुद्धको खोप अभियान सुरु गरिएको छ। सम्बन्धित निकायले सम्पूर्ण नगरबासीलाई सक्रिय रूपमा अभियानमा सहभागी हुन अनुरोध गरेको छ।

अभियानका अनुसार १ वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिहरूलाई खोप उपलब्ध गराइने भएको छ। स्वास्थ्यकर्मीहरूको टोली तोकिएका खोप केन्द्रहरूमा खटाइएको छ भने आवश्यक परे घरदैलो सेवा पनि उपलब्ध गराइने बताइएको छ।

अधिकृतहरूले हैजा जस्तै सरुवा रोग नियन्त्रण गर्न खोप प्रभावकारी उपाय भएको भन्दै “आफू खोप लगाऔँ, अरूलाई पनि लगाउन प्रेरित गराऔँ” भन्ने सन्देशसमेत प्रसारित गरेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban