नेपाल आज सुपर सिक्समा कतारसँग भिड्दै, जितका लागि शुभकामना

रातोघर

 २०८२ आश्विन २७, सोमबार  मा प्रकाशित
२१७ पाठक संख्या


काठमाडौं । ICC Men’s T-20 एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणअन्तर्गत नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुने तय गरिएको छ।

समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै सुपर सिक्समा प्रवेश गरेको नेपालले आजको खेल जितेर विश्वकप छनोटतर्फको यात्रा अझ मजबुत बनाउने लक्ष्य लिएको छ। नेपाली खेलप्रेमीहरू सामाजिक सञ्जालदेखि विभिन्न मञ्चमार्फत राष्ट्रिय टिमलाई शुभकामना दिँदै उत्साहित बनेका छन्।

नेपालले पछिल्ला खेलहरूमा प्रदर्शन गरेको आक्रामक ब्याटिङ र धारिलो बलिङकै पुनरावृत्ति आज पनि हुने अपेक्षा गरिएको छ।

राष्ट्रिय टिमलाई हामी सबैको तर्फबाट शुभकामना — जय नेपाल! 🇳🇵🏏

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban