


काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले आफू प्रधानमन्त्री भएको खण्डमा २४ घण्टाभित्र ४०० जना भ्रष्टाचारीलाई कारबाही गर्ने दाबी गरेका छन्। सामाजिक तथा राजनीतिक विषयमा समय–समयमा आक्रामक अभिव्यक्ति दिँदै आएका प्रसाईँले देशको समग्र समस्या भ्रष्टाचार भएको बताउँदै कडा कदम चाल्ने तयारी आफूमा रहेको बताएका हुन्।
उनका अनुसार राज्य सञ्चालन गर्ने नैतिक क्षमता हुँदाको अवस्थामा ढिलाइ वा सम्झौता नगरी सीधै कानुनी कठघरामा उभ्याउने पक्षमा आफू स्पष्ट रहेको बताए। प्रसाईँले वर्तमान नेतृत्वले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न नसकेको आरोप लगाउँदै जनताले अब विकल्पको खोजी गर्नुपर्ने धारणा राखे।
उनको यो अभिव्यक्तिले पुनः राजनीतिक वृत्तमा चर्चा पैदा गरेको छ। प्रसाईँको वक्तव्य प्रति समर्थन र आलोचना दुवै प्रतिक्रिया सामाजिक सञ्जालमार्फत् सार्वजनिक भइरहेका छन्।





Write your Comment