माओवादी निकट जेनजी संगठन ४० जिल्लामा विस्तार, पाँच वर्ष प्रचण्डकै नेतृत्वमा अडिग रहने घोषणा

रातोघर

 २०८२ आश्विन २७, सोमबार  मा प्रकाशित
३६३ पाठक संख्या


काठमाडौं । माओवादी निकट जेनजी समूहले आफ्नो संगठनात्मक विस्तार देशभर तीव्र बनाएको जनाएको छ। समूहको दाबी अनुसार हालसम्म ४० जिल्लामा संरचना गठन भइसकेको छ।

युवाहरुबीच सक्रिय हुँदै आएको उक्त समूहले आगामी पाँच वर्षसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेतृत्वको विकल्पका रूपमा नखोज्ने घोषणा गरेको छ। उनीहरूको भनाइमा वर्तमान परिस्थितिमा प्रचण्डकै अगुवाइले राजनीतिक स्थिरता र संक्रमणकालपछि देश विकासको बाटोमा अघि बढ्ने विश्वास प्रकट गरिएको छ।

समूहले निकट भविष्यमा बाँकी जिल्लाहरूमा पनि संगठन विस्तार गरी राष्ट्रिय अभियानका रूपमा अघि बढ्ने जनाएको छ। उनीहरूले जेनरेशन–जेड (Gen-Z) का युवाहरूलाई समेटेर माओवादी आन्दोलनलाई नयाँ ऊर्जा दिने लक्ष्य राखेको बताएका छन्।

साथै, नेतृत्वप्रतिको आस्था र निरन्तरतामार्फत राजनीतिक स्थायित्व कायम गर्न युवाहरू निर्णायक भूमिकामा रहेको समूहको भनाइ छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban