प्रधानमन्त्रीको नाममा चन्दा संकलन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी

रातोघर

 २०८२ आश्विन २८, मंगलबार  मा प्रकाशित
१७० पाठक संख्या


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरी चन्दा संकलन गरिएको वा सो प्रयास गरिएको पाइए कडा कानुनी कारबाही गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चेतावनी दिएको छ।

प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले जारी गरेको विज्ञप्तिमा केही व्यक्ति वा समूहले प्रधानमन्त्रीको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका नाममा चन्दा मागेको जानकारी प्राप्त भएको र यसप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

विज्ञप्तिमा प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि उद्देश्यका लागि चन्दा वा सहयोग संकलन गर्न कसैलाई अनुमति नदिइएको स्पष्ट पारिएको छ।

प्रवक्ता शर्माले यस्ता भ्रामक गतिविधिमा विश्वास नगर्न र कसैले चन्दा मागेमा पूर्ण रूपमा अस्वीकार गर्न आग्रह गरेका छन्। साथै, प्रधानमन्त्रीको नाम दुरुपयोग गरी चन्दा संकलन गर्ने वा त्यसलाई प्रोत्साहन गर्ने व्यक्तिहरू फेला परेमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न समेत आग्रह गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban