

बाराको सिमरास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो ११औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ। सिमराको प्याराडाइज होटलको सभा हलमा आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष कमला अधिकारीले अध्यक्षता गरेकी थिइन्।
यो वर्ष सहकारीले विशेष पहलस्वरूप भिआइपी व्यक्तिलाई प्रमुख अतिथि नराखी संस्थाकी जेष्ठ सदस्य माया पुडासैनीलाई प्रमुख अतिथिको मान दिएको छ। सहकारीको मूल्य र सदस्यप्रतिको सम्मानलाई प्राथमिकतामा राख्दै गरिएको उक्त निर्णय सहभागीहरूबाट प्रशंसित भएको थियो।
कार्यक्रममा सेयर सदस्य तथा कर्मचारी सहित विभिन्न क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएका १४ जना व्यक्तिहरूलाई सम्मान गरिएको सहकारीले जनाएको छ। कार्यक्रममा सहकारी अभियन्ता किशोर शर्मा, ईश्वर थपलिया लगायतको उपस्थिती उल्लेखनीय थियो।
सेयर सदस्यहरूको उत्साहजनक सहभागितामा सम्पन्न कार्यक्रमको सहजीकरण कार्यालय प्रमुख कुलोत्तम पोखरेलले गरेका थिए।





Write your Comment