

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका विषयमा निर्वाचन आयोग आज राजनीतिक दलसँग छलफल गर्दैछ।
आयोगले बिहान साढे ११ बजेदेखि छलफल सुरु गर्ने तयारी गरेको छ। छलफलका लागि विघटित प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २८ राजनीतिक दललाई निमन्त्रणा गरिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
छलफलमार्फत आगामी निर्वाचनका तयारी, आचारसंहिता, बजेट तथा अन्य प्राविधिक व्यवस्थासम्बन्धी विषयमा दलहरूको सुझाव लिन आयोगको तयारी रहेको जनाइएको छ।





Write your Comment