

काठमाडौं । एक कार्यक्रमलाई सम्बोधन गर्दै एक नेताले हाल देखिएका विरोध प्रदर्शन र तोडफोडप्रति कडा आक्रोश व्यक्त गरेका छन्।
उनले भने, “अब त देखिसक्नु भयो त, कोही सिंहदरबार जलाउने कुरामा अग्रसर छन्, कोही अरुका घर जलाउने कुरामा। यी आगजनीवाला, हाटहुट, लाटलुटवाला, लुटपाटवाला, तोडफोडवाला — यिनीहरूले देश बनाउँछन्? फेन्टा र कोकाकोला चोरेर हिँड्नेहरूले देश बनाउँछन्?”
उनको भनाइप्रति सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ। केहीले कानून विपरीतका गतिविधि रोक्नुपर्ने भन्दै समर्थन जनाएका छन् भने केहीले आन्दोलनको मूल कारण पहिचान नगरी अपमानजनक टिप्पणी गरेर स्थिति थप बिगार्ने खतरा रहेको टिप्पणी गरेका छन्।





Write your Comment