माओवादी केन्द्रका सचिव गणेश साहले पार्टी त्यागे

रातोघर

 २०८२ आश्विन ३०, बिहिबार  मा प्रकाशित
२५३ पाठक संख्या


काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वमन्त्री गणेश साहले पार्टी परित्याग गरेका छन्।

साहले पार्टी नेतृत्वले कहिल्यै एकताको सन्देश दिन नसकेको आरोप लगाउँदै अब प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग आफ्नो संम्बन्ध टुटेको घोषणा गरेका हुन्।

नेपाल प्रेससँग कुराकानी गर्दै उनले अब कुनै राजनीतिक दलमा सक्रिय नहुने स्पष्ट पारे। “अब म कुनै पार्टीमा लाग्दिनँ, तर देशलाई मेरो विज्ञता र क्षमताको आवश्यकता परे योगदान गर्न सधैं तयार हुनेछु,” साहले बताएका छन्।

तत्कालीन नेकपा संयुक्त र नेकपा माओवादीबीच एकतापछि साह माओवादी केन्द्रको पदाधिकारी तहमा रहेका थिए। उनी लामो समय बिष्णुवहादुर मानन्धर नेतृत्वको कम्युनिस्ट आन्दोलनबाट क्रियाशील बनेका मधेशका स्थापित नेता मानिन्छन्।

पछिल्लो समय उनले पानी र जलवायु सम्बन्धी विषयमा सक्रिय अभियान सञ्चालन गर्दै आएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban