प्रधानमन्त्री सुशीला कार्कीको नाममा २६ नक्कली सामाजिक सञ्जाल आइडी फेला

रातोघर

 २०८२ आश्विन ३०, बिहिबार  मा प्रकाशित
२७२ पाठक संख्या


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरी सामाजिक सञ्जालमा २६ वटा नक्कली (फेक) आइडी सञ्चालन गरिएको फेला परेको छ।

साइबर ब्यूरोले फेक अकाउन्ट खोल्ने र त्यसमार्फत भ्रामक सामग्री फैलाउने गतिविधि पहिचान गरेपछि अनुसन्धान प्रक्रियामा अघि बढेको जनाएको छ। यस क्रममा संलग्न आशंकित केही व्यक्तिहरूलाई सोधपुछ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

अधिकारीहरूले जनताको विश्वासमा खेलवाड गरी प्रधानमन्त्रीको नाम दुरुपयोग गर्ने जो कोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban