

काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेका विश्वविद्यालयका पदहरू निष्पक्ष प्रक्रियाबाट पदाधिकारी चयन गरेर भरिने भएको छ । अघिल्ला सरकारहरूको पालामा राजनीतिक भागबन्डा नमिलेर अवरुद्ध भएका पदपूर्तिको काम अहिले अघि बढाइएको जिम्मेवार स्रोतले जनाएको छ।
सम्बन्धित पदाधिकारीले स्पष्ट गर्दै भने, “अघिल्ला सरकारहरूले राजनीतिक भागबन्डा नमिलेका कारण विश्वविद्यालयमा धेरै पदहरू वर्षौँदेखि रिक्त राखिएका थिए । अहिले ती पदहरूमा निष्पक्ष तरिकाले योग्य व्यक्तिहरू छान्ने प्रक्रिया अघि बढाइएको छ । यसमा कुनै भनसुन लाग्ने छैन ।”
सरकारको भनाइ छ – विश्वविद्यालयहरूमा सुधार र शैक्षिक शुद्धता कायम गर्न राजनीतिक भागबन्डा होइन, योग्य र सक्षम व्यक्तिहरूलाई जिम्मेवारी दिइनु आवश्यक छ । त्यसका लागि पारदर्शी छनोट प्रक्रिया अपनाइएको बताइन्छ।
यस कदमलाई शैक्षिक क्षेत्रका सरोकारवालाहरूले सकारात्मक रूपमा लिएको भन्दै, यथार्थमा कार्यान्वयन कस्तो हुन्छ भन्ने प्रतीक्षा गर्ने बताएका छन्।





Write your Comment