

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गतेका दिन भएको जेनजी आन्दोलनका क्रममा देखिएका उच्छृङ्खल गतिविधिले प्रहरी मात्र होइन, सर्वसाधारण नागरिकको जीवनमा समेत ठूलो क्षति पु¥याएको बताएका छन्।
७०औं प्रहरी दिवसको अवसरमा बोल्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरी जवानप्रति श्रद्धाञ्जलि व्यक्त गरे। उनका अनुसार, “सिमित स्रोत र साधनमा रहेर पनि प्रहरीमाथि ठूलो दबाब आयो, तर उनीहरूले आफ्नो जिम्मेवारी निभाए।”
गृहमन्त्री अर्यालले आन्तरिक सुरक्षा नै देशको समृद्धि र सुशासनको आधार भएको उल्लेख गर्दै गृह मन्त्रालयले उपलब्ध स्रोत–साधनमार्फत प्रहरी संगठनलाई थप सुदृढ बनाउन तत्पर रहेको बताए।
उनले शान्तिपूर्ण आन्दोलनलाई राज्यले स्वीकार गर्ने तर कानून विपरीतका गतिविधि सह्य नहुने स्पष्ट चेतावनी पनि दिए।





Write your Comment