कुरा सानो हो तर सभ्यताको सवाल

रातोघर

 २०८२ कार्तिक १७, सोमबार  मा प्रकाशित
२०४ पाठक संख्या


२०८२-७-१७ गते बिहानै करिब १० बजेको कुरा हो — काठमाडौंको घरेलु विमानस्थल (Domestic Airport) मा त्यस्तो भीड मैले यसअघि कहिल्यै देखेको थिइनँ। टर्मिनलमा यत्रो मानिस! देशका कुनाकाप्चाबाट उडानका यात्रुहरू; कोही लानतिर, कोही फर्कंदै — तर उभिनेसम्मको ठाउँ नपाइनेजस्तो अवस्था।

त्यो भीडभाडमा धेरै विदेशी यात्रुहरू पनि थिए — युरोपतिरका, खैरो कपाल भएका, कोही उभिएका, कोही थकित भएर भुइँमै बसेका। म पनि ठाउँ खोज्दै थिएँ। तर जहाँ कुर्सी देखेँ, त्यहाँ झोला राखिएको — “Reserved” भन्ने मुद्रा।

एक ठाउँमा गएर सोधेँ, बिहारतिरका एक युवाले झोला भुइँमा राख्दै भने, “इधर आदमी है।”
म केही बेर अडिएँ, अनि जबर्जस्ती बसें। वरिपरिका आँखाहरूले हेरिरहे, तर म मौन रहेँ।
केहीबेरपछि म washroom गएँ। फर्किँदा मेरो सिटमा अर्को बसेको — फेरि म उभिएँ।

अरू तिर गएर हेर्दा, एक महिलाको नानीसँग उभिएको अवस्था देखेँ। छेउको सिटमा झोला मात्र थियो। मैले त्यो झोला तल राखेँ र उनलाई बस्न आग्रह गरें। केहीबेरमै अर्को महिला रिसाउँदै आइन्, “कोसले भुइँमा राख्देको?” भन्दै तर्किन्।

त्यो क्षणमा मलाई लाग्यो 
हामी नेपाली र भारतीयहरूमा यस्तो सानो व्यवहार कति गहिरो बानी बनेको रहेछ! सिटमा झोला, टोपी, रुमाल राखेर अरूलाई उभ्याउने, अतिथिलाई बस्न नदिने, अनि त्यो सामान्य ठान्ने?

कुरा सानो हो, तर सभ्यताको सवाल ठूला हुन्।
सार्वजनिक ठाउँमा अनुशासन र परोपकार नै हाम्रो पहिचान हो। यदि हामी ती साना कुरामा सचेत भयौं भने, हाम्रो समाजको स्तर आफैं माथि उठ्छ।

जय देश! जय सुसभ्यता!

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban