अभिनेता धर्मेन्द्र उपचारपछि घर फर्किए, स्वास्थ्य अवस्था सुधारोन्मुख

रातोघर

 २०८२ कार्तिक २६, बुधबार  मा प्रकाशित
२२८ पाठक संख्या


मुम्बई । प्रसिद्ध भारतीय अभिनेता धर्मेन्द्र उपचारपछि मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको परिवारले जनाएको छ।

धर्मेन्द्रलाई स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। चिकित्सकको निगरानीमा उपचारपछि स्वास्थ्यमा सुधार आएपछि उनलाई बुधबार डिस्चार्ज गरिएको हो।

यसअघि केही भारतीय मिडियाले धर्मेन्द्रको निधन भएको भन्दै गलत समाचार प्रसारण गरेका थिए। तर, परिवार र अस्पताल स्रोतले ती सबै समाचारको खण्डन गर्दै धर्मेन्द्रको अवस्था स्थिर रहेको स्पष्ट पारेका थिए।

८९ वर्षीय धर्मेन्द्र भारतीय सिनेमाका दिग्गज अभिनेता हुन्। उनले शोले, सीता और गीता, चुपके चुपके, धरम वीर, शोला और शबनम लगायत सयौँ लोकप्रिय चलचित्रमा अभिनय गरेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban