

सिमरा । जितपुरसिमरा उपमहानगरपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको छ । किट जन्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणमा नगरपालिकाका एक जना स्वास्थ्य शाखाका कर्मचारी,सशस्त्र प्रहरी बलका दुइजना जवान र जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ का एकजना पुरुष गरी चार जनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपमहानगरपालिकाले श्रावण १८ गते ६६ जनाको नमुना संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएको थियो भने १६ गते १५० जनाको नमुना संकलन गरी बिरगंज प्रयोगशालामा पठाएकोमा रिपोर्ट आउन बांकी छ ।
स्वास्थ्य शाखाका कर्मचारीमा कोरोना पुष्टि भएसँगै उपमहानगरपालिकाको कामकाज पूर्णरुपमा बन्द गरिएको छ । उपमहानगरका एक कर्मचारीमा संक्रमण भनिएपनी नगरको सुचनामा केही कर्मचारीमा संक्रमण पुष्टी भएको बताइएको छ । जसका कारण नगर कार्यपालीकाका अन्य कर्मचारीहरुमा पनी कोभिड संक्रमण हुन सक्ने आशँका गरिएको छ ।
सुचनामा नगरका सबै नगरबासीहरुलाई ‘बांचौँ र बचाऔँ’ अभियानमा सबैले साथ दिन अनुरोध गरिएको छ । यससंगै संक्रमण रोकथामका लागी नगरले एक एम्बुलेन्स र पिसिआर परिक्षण मेसिन खरिद गर्ने निर्णय गरिसकेको छ ।






Write your Comment