ह्यन्ड्सम पोइ’ खोज्दै गायिका सेलिना कुँवर

रातोघर

 २०७७ श्रावण २१, बुधबार  मा प्रकाशित
५६७ पाठक संख्या


हिन्दू नारीहरुले मनाउने महत्वपूर्ण पर्व तीज आउनै लागेको छ । तीज नजिकिएसँगै कलाकारहरुमा व्यस्तता बढ्दै गएको छ । तीजको गीत रेकर्डिङ्ग, सुटिङ्ग, मिक्सिङ्ग सकेर भिडियो सार्वजनिक गर्न हतारो भएको छ ।

पछिल्लो चर्चित गायिका सेलिना कुँवरलाई समेत यतिबेला तीजको रन्कोले राम्रैसँग छोएको छ। उनको ‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ। बेस म्युजिक नेपाल युटुब च्यानल बाट गीतको भिडियो सार्वजनिक गरिएको हो।

चर्चित नायिका अञ्जली अधिकारीले मोडलिङ्ग गरेको उक्त भिडियोको हरेक पक्ष उत्कृष्ट रहेको तथा गायन र शब्द रचना समेत उत्कृष्ट रहेको निर्माण पक्षको दावी छ । उक्त गीतको शब्द रचना अर्जुन पौडेल तथा सङ्गीत सन्तोष राजको रहेको छ । गीतका रचनाकार पौडेल गायक पनि हुन उनको केही समय पहिले बजारमा आएको ” मेरा काला दारी” गीत आहिले चर्चाको शिखरमा छ।

भिडियो मा निर्देशन सन्तोष राजबाहकको रहेको छ भने वरिष्ठ क्यामेराम्यान ज्ञानेन्द्र शर्मा छायाङ्कन गरेका छन् । साजसज्जामा अनिताले सघाएकी छिन् ।

हिन्दू महिलाहरूले मनाउने तीज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाईन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गर्दै मनोरञ्जन गर्ने गरिन्छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban