कोरोना भाइरसको संक्रमणबाट काठमाडौंका एक पुरुषको मृत्यु

रातोघर

 २०७७ भाद्र १, सोमबार  मा प्रकाशित
३३८ पाठक संख्या


 

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंका एक पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले काठमाडौंका ६० वर्षीय पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जनाएको छ ।

साउन २० गते पाटन अस्पतालमा भर्ना भएका ती पुरुषको आइतबार बेलुकी मृत्यु भएको हो । ती पुरुषमा गंगालाल हृदय केन्द्रमा मुटुको शल्यक्रिया गरेपछि कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमणबाट पाटन अस्पतालमा ज्यान गुमाउनेको संख्या ६ पुगेको अस्पतालले जनाएको छ ।  श्रोत: नागरिक खबर

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban