कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

रातोघर

 २०७७ भाद्र १३, शनिबार  मा प्रकाशित
३५३ पाठक संख्या


काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा ९ पुरुष तथा ३ महिला रहेको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पाल्पा, काठमाडौँ, भक्तपुर, पर्सा, सिरहा, गोरखा कास्की र ललितपुरका गरी १२ जनाको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या २०७ पुगेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban