

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा आज विहान एक कोरोना संक्रमितको निधन भएको छ ।
बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिकाका ७८ वर्षिय पुरुषको शुक्रवार विहान मृत्यु भएको हो ।
यही भदौ ४ गते ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या भई अस्पताल आएका उनी विगत ९ दिनदेखि भेण्टिलेटरमा उपचाररत थिए ।
कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचारका क्रममै आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ । नयाँ पत्रीका





Write your Comment