चितवनमा रूखको हाँगा काट्दा करेन्ट लागेर दुई सैनिकको मृत्यु

रातोघर

 २०७७ भाद्र २७, शनिबार  मा प्रकाशित
३९० पाठक संख्या


 

चितवन । सिंहनाथ गण शक्तिखोरका दुईजना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ । कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार गण परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाई साजन कुमालको मृत्यु भएको हो । श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा र कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । घटना बिहान १०ः५५ बजे भएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban