

सिमरा ।
पत्रकार तथा चर्चित युटुवर सन्तोष देउजाले ‘मायाँ बसेसी’ बोलको गीत सार्वजनिक गरेका छन् । 3 एल ग्रुप नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतमा देउजा आफैँले अभिनय गरेका छन् ।
टिका सानुको शब्दमा रहेको गीतमा प्रदिप त्रिपाठी र शान्ती श्री परियारले आवाज दिएका छन् ।
नेपालको वेरोजगारी समस्याले समाजलाई नकारात्मक बाटोमा लगिरहेको सन्देश सहित उक्त भिडियोमा बिदेश जाने युवाको कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
भिडियोमा देउजा सहित उनका दुई छोरा छोरीको मन छुने अभिनय समेत देख्न सकिन्छ ।





Write your Comment