सात सालदेखि निःशुल्क पढाउँदै बारा जितपुरसिमराका एक युवा

रातोघर

 २०७७ मंसिर १७, बुधबार  मा प्रकाशित
१२३९ पाठक संख्या


 आजको २१ आै शताब्दीमा जुन व्यक्ति अशिक्षित छ , त्यसलाई हरेक क्षेत्रबाट हेला तिरस्कार पाइरहेको छ ।यी अशिक्षित तथा निरक्षर ब्यक्तिहरुले पाइला- पाइलामा आफुलाइ हिनताबाेध भएको महसुस गरिरहेका छन् ।
उनीहरूले अक्षर चिन्न नजानेकाे कारणले गर्दा धेरै दुःख,कष्ट भाेगिरहेका छन्।तर बारा जिल्लाकाे जितपुरमा एक जना यस्ता व्यक्तित्व छन् जसले गरिब तथा असहाय बालबालिकालाई शिक्षाको ज्याेति प्रदान गरिरहेका छन् ।
बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का समाजसेवी युवा तथा जुझारु पत्रकार मनाेज कुमार साहले बिगत सात वर्षदेखि बालबालिकाहरुलाई निः शुल्क रुपमा शिक्षा दिईरहेका छन् ।अहिलेकाे युगमा शिक्षाको धेरै नै महत्त्व रहेको र शिक्षाले नै व्यक्ति तथा समाजकाे उत्थान गर्न सक्ने मान्यता राख्ने साहले काेही पनि बालबालिका निरक्षर नरहुन् भन्ने ठान्दछन । साहले हरेक दिन जितपुरका स्थानीय गरिब तथा असहाय बालबालिकालाई पैसाको अभावले गर्दा शिक्षाबाट वञ्चित नहाेस् भन्ने अभिप्रायले नि ः शुल्क पढाउने गरेका छन् ।
हाल ४० जनाको हाराहारीमा बालबालिकाहरु पढिरहेको मनाेज कुमार साहले बताए ।आफ्नो ब्यस्त दिनचर्याबाट सधैं बिहान समय निकालेर पढाउने गरेका छन् । आफ्नो छाेराछाेरीले हामी जस्तो निरक्षर भएर दुःख कष्ट सहन गर्नु नपर्ने भएपछि अभिभावक राजेेन्द्र पासवान खुसी मुद्रामा देखिन्छन् ।
यस्तै अन्य अभिभावकहरु पनि साहले गरेका सराहनीय कार्य प्रति खुसी छन् ।बालबालिकाहरुलाई पढाउने उपयुक्त स्थान उपलब्ध नभएका कारण बर्षात् को समयमा पढाउन केही अप्ठ्यारो भए पनि अन्य माैसममा अभिभावक तथा बालबालिकाकाे दृढ मनाेबलका कारण पढाउन सहयोग पुगेको प्रति साह अत्यन्त हर्षित छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban