सेजको स्थलगत अनुगमन गर्न केन्द्रिय टोली बारामा

रातोघर

 २०७७ मंसिर १९, शुक्रबार  मा प्रकाशित
६४८ पाठक संख्या


बारा । बारामा बिशेष आर्थिक क्षेत्र (सेज) निर्माणमा भईरहेको ढिलासुस्तीको स्थलगत अनुगमन गर्न केन्द्रिय टोली बारामा आएको छ ।

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव, सह सचिव र लगानी बोर्डका कार्यकारी निर्देशक लगायतको टोलीले आज सेज ओराहा, बाराको स्थलगत अनुगमन गरेको छ ।

शेज निर्माणमा ढिलासुस्ती र उद्योगहरुको उपस्थित हुन नसक्दा स्थलगत रुपमा बुझन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरे नेतृत्वको टोली बारा आएको हो ।

अनुगमन टोलीमा लगानी बोर्डका नेपालका कार्यकारी अधिकृत शुशील भट्ट, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव बलराम रिजाल, प्रदेश सभासद सुन्दर बिश्वकर्मा, जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख डा.कृष्ण पौडेल, उपप्रमुख सरस्वती देबी चौधरी, जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साह, वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने लगायतको सहभागिता रहेको थियो ।   रेडियो नेपाल

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban