सेनाको गाडीले ठक्कर दिँदा बृद्धको मृत्यु

रातोघर

 २०७७ पौष २२, बुधबार  मा प्रकाशित
६२८ पाठक संख्या


सप्तरी, राजविराज । सेना चढेको गाडीले ठक्कर दिँदा एक बृद्धको ज्यान गएको छ ।

 

पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका खण्डमा बुधबार सेना चढेको बा.१ग. १९८१ नम्बरको वानटन गाडी  ले स.५प. ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार सप्तरीकै अग्निसाइर कृष्णासवरण गउँपालिका २ निवासी रामचन्द्र प्रसाद चौधरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाइते भएका ६५ वर्षिय चौधरीलाई तत्कालै उद्दार गरि उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी भवनेश्वर साहले जानकारी दिएका छन् ।

ठक्कर दिने गाडी र चालक सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १७ निवासी मनिसराज राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी साहले बताए ।
अदलीबदलीका क्रममा सूर्य दलगण बिराटनगरबाट भैरवादल गण ललितपुरका लागि ३२ जनाको टोली लिएर जाँदै गर्दा सो गाडी दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban