बाराका सकृय पत्रकार लम्साल पुरस्कृत

रातोघर

 २०७७ पौष २७, सोमबार  मा प्रकाशित
६३० पाठक संख्या


सिमरा २५ पुस ।

साना किसान कृषि सहकारी संस्था केन्द्रिय कार्यालय डुमरबानाले चौबिसौ बार्षिक साधारण सभामा बाराका एक पत्रकारलाई सम्मान गरेको छ ।

बितीय क्षेत्रको पत्रकारीतामा जिल्लामा सक्रिय क्रियाशिलताको कदर गर्दै कारोबार राष्टिय दैनीक तथा ईमेज टेलिभिजन बाराको पत्रकार प्रकाश लम्साललाई संस्थाले सम्मान गरेको हो ।

पत्रकार लम्साललाई प्रदेश दुई सरकारका आर्थिक मामीला तथा योजना मंत्रि उषा कुमारी यादबले नगद, कदरपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको हो ।

सम्मान पछि आयोजित समारोहमा मंत्रि यादबले बितीय अनुसाषन र सहकारीको प्रभाबका बारेमा चर्चा गदै मुलुकमै परिचित सानाा किसानले लक्ष्ति बर्गमा गरे लगानी र सुन्दर परिणमको खुलेर प्रशंसा गरीन ।उनले आर्थीक पत्रकारीताले समाजलाई समृद्धिको बाटोमा डोरयाउन सक्ने हुदा आर्थिक पत्रकारीता आजको आबश्यकता बनेको बताईन ।

सम्मानीत लम्सालले समाजको आर्थीक पक्षको बिष्लेषन गर्दै साना कीसानको भुमीकाको पक्षहरुमा चर्चा गरेका थिए भने समाजबादी पार्टीका केन्द्रिय सदस्य भरत खडकाले प्रदेश सरकारको समन्बय कारी भुमीकाले सहकारीले समाज रुपान्तरणमा छिटो गति लिने बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban