बारामा उपप्रधानमन्त्री पोख्रेलको उर्दी : दाहाल र नेपालका बिरुद्धमा डटेर लडौँ 

अजय साह

 २०७७ पौष २७, सोमबार  मा प्रकाशित
७७५ पाठक संख्या


बारा ।

नेपाल सरकारका उपप्रधानमन्त्रि ईश्वर पोखरेलले कोभिड १९ का कारण नेपाल र भारतसंग जोडिएको सबै नाकाहरु चाडै नै खुलाउने बताएका छन ।

नेकपा बाराले आयोजना गरेको जिल्ला भेलालाई कलैयामा सम्बोधन गर्दै उपप्रधानमन्त्रि पोखरेलले खास गरेर तराई मधेसका जनताहरुलाई आफनो दैनिक ब्यवहार चलाउन देखि लिएर बिहेबारीमा जान समेत अप्ठयारो हुने गरेको हुदा सरकारले कोभिड नियन्त्रणका लागि गठन गरेको सिसिएमको संयोजक रहेको नाताले पनि बैठक गरि चाडै नै नाकाहरु खुलाउने प्रतिवद्धता ब्यतm गरे ।

नेकपालाई कमजोर एवम बिभाजनका लागि उभिएका प्रचण्ड, माधव नेपालका बिरोधमा डटेर सामना गर्न सुझाव दिएका थिए । पार्टीमा चुनावबाट निर्वाचित भएका पार्टी अध्यक्ष केपीशर्मा ओली लाई झन्डै दुई तिहाईको बहुमतबाट प्रधानमन्त्रि बनाएकाहरुले नै ५ बर्षको म्याद नसकिदै ३ बर्षमा नै प्रधानमन्त्रि र अध्यक्षबाट हटाउने सडयन्त्रको बिरोधमा ओलीले ससद बिघटन गरि ताजा जनादेशमा जानका लागि मार्ग प्रस्सत गरेको टिपणी गरे ।

एक फरक प्रसंगमा पोखरेलले बारा जिल्लाका नागरिक मातृभुमिको रक्षाका लागि, समान्तका बिरोधका लागि, धार्मिक, पुरातात्वीक एवम एैतिहासिक धरोहरहरुको रक्षाका लागि आफनो स्वाभिमानलाई कहिलेपनि तल नराखी अगाडी बढेको इतिहास नेकपाले कहिलेपनि नबिर्सने बताए ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै शहरी बिकास मन्त्रि प्रभु साहले प्रदेश नम्बर २ खुल्लम खुल्ला भष्टचारीहरुको सरकार रहेको आरोप लगाउदै मधेसी जनताहरुलाई तिनीहरुले ठगी रहेको आरोप लगाए । कसैको दयाले होईन आत्म विस्वासले अगाडी बढे लक्ष्यमा पुग्ने भन्दै प्रदेश २ मा बिकासको गतिलाई नेकपाको सरकारले नै ल्याउने दावी गरे ।

कार्यक्रमलाई कानुन मन्त्रि लिलाराज श्रेष्ठले सम्बोधन गर्दे न्यालयलाई कमजोर पार्ने खेलहरु भई रहेको हुदा त्यसो नगर्न सबैलाई आग्रह गर्दै सम्मान गर्न सुझाव दिएका थिए ।

नेकपाका स्थाई समिति सदस्य रघुबिर महासेठ, प्रदेश २ का अध्यक्ष सत्यनारायण मण्डल, केन्दिय सदस्यहरु ज्याला कुमारी साह, महम्मद समिर, राजकुमार गुप्ता, प्रभु हजरा, अच्चुत मैनाली, पुरुषोतम साह, मोहन लामिछाने, लगायतका नेतातथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेकपाका बारा जिल्ला ईन्चार्ज बलबिर चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको नेकपाका केन्द्रिय सदस्य बिनोद साहले जानकारी दिए ।

सो कार्यक्रममा जनता समाजवादी पार्टीका पर्सा जिल्ला सदस्य सदस्य सुन्दर कुर्मी र काँग्रेस पार्टीबाट मोतलिाल कुसवाहा परित्याग गरि नेकपा ओली समुहमा प्रवेश गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban