काँग्रेस बैठकमा नेविसंघ विघटनको प्रस्ताव पेस, सिटौलाको आपत्ति

रातोघर

 २०७५ माघ २५, शुक्रबार  मा प्रकाशित
२८८ पाठक संख्या


काठमाडौँ– नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा भातृ संगठन नेविसंघ वर्तमान कार्यसमिति विघटनको प्रस्ताव राखिएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकमा उपसभापति विमलेन्द्र निधिले नेविसंघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव राखेका हुन् । सभापति शेरबहादुर देउवाले नेविसंघ के गर्ने भन्ने प्रस्ताव राखेपछि उपभापति निधिले विघटनको प्रस्ताव राखे । कानुनीसँगै राजनीतिक रुपमा पनि नेविसंघको वर्तमान कार्यसमितिको औचित्य सकिएको भन्दै उनले वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउन प्रस्ताव राखेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले रातोपाटीलाई जानकारी दिए । उनले नैनसिंह महर नेतृत्वको वर्तमान कायसमितिलाई वधाई दिएर विदाई गर्नुको विकल्प नभएकोले विघटनको प्रस्ताव बैठकमा दर्ता गराएको बताए । यता पार्टीमा तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्ण सिटौलाले अधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने मत राखेको बताइएको छ । उनले थुप्रै भ्रातृ संगठनको अधिवेशन नभएको भन्दै नेविसंघको हकमा एक दिन म्याद सकिनासाथ भंग गर्न नहुने तर्क गरे । तर, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल संघ विघटनको पक्षमा उभिएकासँग नेविसंघमा तदर्थ समिति बन्ने करिब निश्चित भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban