वीरगञ्जमा अन्तर्राष्ट्रिय योग महोत्सवको आयोजना

रातोघर

 २०७९ अषाढ ६, सोमबार  मा प्रकाशित
३७३ पाठक संख्या


अषाढ ६ वीरगञ्ज:
मानवता र शान्तिका लागि योग भन्ने नाराका साथ भारतीय महावाणिज्य दुतावास वीरगञ्जले अन्तर्राष्ट्रिय योग महोत्सवको आयोजना गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रंगशालामा आजादीको अमृत महोत्वसका अवसरमा योग महोत्सवको आयोजना गरिएको हो ।
भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितेश कुमार, वाणिज्यदुत शशी भुषण कुमार र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले संयुक्त रुपमा योग महोत्सवको उद्धघाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले स्वास्थ्यका लागि र शान्तिका लागि नियमित योगा गर्नुपर्नेमा जोड दिएका थिए । योग दिवसले योग गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेपनि नियमित रुपमा योगाा गरे आफैलाई फाइदा हुने वक्ताहरुको भनाई थियो ।

\

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban