सप्तरीमा बस दुर्घटना एक जनाको मृत्यु

रातोघर

 २०७९ अषाढ ९, बिहिबार  मा प्रकाशित
३५१ पाठक संख्या


असार ९,सप्तरी:

सप्तरीमा जिल्लामा बीहिबार दिउँसो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ ख १८९८ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित हुँदा दुर्घटना भएको हो । दुर्घटना हुँदा बस सडक भन्दा झन्डै २० फिट तल खसेको थियो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा बिहीबार बिहान बस पल्टिएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban