बारा प्रहरीद्धारा दुई किसोर पक्राउ

रातोघर

 २०७९ अषाढ ३१, शुक्रबार  मा प्रकाशित
५८६ पाठक संख्या


असार ३१ , बारा :

 अधबैंसे महिलालाई सामुहिक करणी गरेको आरोपमा बारा प्रहरीले दुई किसोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १५ र १७ बर्षका २ बालक भएको बताएको प्रहरी उनीहरुको नाम ठेगाना भने खुलाएको छैन ।

जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नंं.१ मा आफ्नै गोठघरमा एक्लै सुतिरहेकी ५६ बर्षकी एक महिलालाई जबरजस्ती करणी गरेको उनीहरु माथी आरोप छ ।

 

पिडितले दिएको उजुरीका आधारमा असार २६ गते पक्राउ गरीएको बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका उपर जबर्जस्ती करणी सम्वन्धी कसूरमा जिल्ला अदालत बारामा मुद्दा दर्ता गरी ५ दिनको म्यादथप अनुमतिमा प्रहरी कार्यालयको निग्रानी कक्षमा राखी अनुसन्धान भइरहेको उनले बताए ।

घटना गत शनिबार अर्थात असार २५ गते राती अन्दाजी ११ बजे भएपनि प्रहरीले आज मात्रै सार्वजनिक गरेको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban